कञ्चनपुरमा १३ वर्षीया बालिका बलात्कृत

1074
views

टीकापुर, २० साउन । कञ्चनपुरमा १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कैलालीको लम्कीचुहामा अर्की १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

सांकेतिक तस्विर


लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन् । इलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका थिए ।

छिमेकी बुढाले बलात्कार गरेको भन्दै पीडितका आफन्तले शनिबार साँझ प्रहरीमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले शनिबार नै बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले थालेको अनुसन्धनको प्रारम्भिक चरणमै बुढाले बलात्कार गरेको स्विकारेका छन् । घटनाका आरोपी बुढालाई प्रहरीले जर्बरजस्ती करणी मुद्दा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालयमा चलान गरिसकेको छ ।