सामाजिक वास्तविकतामा आधारीत तीज कोशेली ‘माईती घर’ बजारमा (भिडियो)

1138
views

भुमी सुवेदी
बाग्लुङ, २० गते । विन्द्यवासिनी म्युजिक प्रालिले राजन क्षेत्रीको निर्माणमा सीता श्रेष्ठको पहिलो तीज कोशेली ‘माईती घर’ बजारमा ल्याएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा ‘माईती घर’ युटुव मार्फत सार्वनजनिक भएको हो ।

स्रोता दर्शकले छाडा, भद्दा र रत्यौली जस्ता गितहरुलाई तीज गितको रुपमा मान्नुपर्ने वाध्यात्मकतामा प्रदेशीनु परेको अवस्था र महिला चेलीहरुको सामाजिक वास्तविकातामा आधारीत तीज गित ‘माईती घर’ बजारमा आएको छ ।

कमल सरगमको लय, रमेश बिजीको शब्दमा सजिएको उक्त गितमा बद्री पंगेनी र सीता श्रेष्ठको आवाज रहेको छ ।

माला श्री स्टुडियोद्वारा रेर्कडिङ भएको गितमा रमा थपलिया, रमेश, रश्मी भट्ट र महेन्द्र गौतमको अभिनय रहेको छ ।

बजारमा आएको सो गित सामाजिक वास्तविकतामा आधारित रहेको स्रोता दर्शकको भनाई छ ।