राप्रपाको एकीकरण प्रक्रिया अलमलमा

651
views

काठमाडौं। तीन राप्रपाको एकीकरण प्रक्रिया अलमलमा परेको छ । कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, पशुपतिशमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र डा। प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० लाई पुनः एकीकृत गरी अघि बढ्ने कुरा अलमलमा परेको छ ।

पछिल्लो समय राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण गर्ने भनी दुईवटै पार्टीले वार्ता समितिसमेत गठन गरेका थिए । राप्रपाले बुद्धिमान तामाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो भने राप्रपा प्रजातान्त्रिकले दीपक बोहोराको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।