फुकूओका जापानमा बारबिक्यु कार्यक्रम हुने

2363
views

सुजन के सी
फुकूओका जापान । ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको आयोजनामा हुन गइरहेको समर बारबिक्यूको सम्पूर्ण तयारी पुरा भएको छ । बारबिक्युको यही अगस्ट ११ तारिक फÞूकूओकाको शिखानोसीमा आयोजना गर्न लागिएको हो । कार्यक्रममा बालबालिकादेखी अध्यन, रोजगार र व्यावसायीको शिलशिलामा जापानको फुकूओका जापानमा रहेका ब्यक्तिहरुको सहभागिता रहने छ ।

‘हाम्रो नेपाल हामी नेपाली’ अभियानले केही समयअघि बृहत् ओरिएनटेसन कार्यक्रम सम्पन्न गरेको थियो । अभियानले यसै साता नेपाली भाईचराको सम्बन्ध सुदृढ़का साथै हामी नेपाली फूटेर होइन जुटेर आगाडी बढ्नुपर्छ भन्ने संदेश प्रबाह गर्दै उक्त बारबिक्यू कार्यक्रमको आयोजना गरेको हो ।

पछिल्लो समय जापानमा च्याउसरी उम्रिएका बिभिन्न संघ संस्था, क्लव तथा समाजको लागि यस किसिमको बारबिक्यू कार्यक्रमले एकात्मक सूत्रमा बाध्दै सकरात्मक संदेश प्रबाह गर्ने बिश्वास व्यक्त गर्दै अभियानले सफल रुपमा सम्पन्न हुने धर्मराज अधिकारीले बताउनुभयो ।

बारबिक्यु कार्यक्रममा सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापका साथै बिभिन्न खेल पनि समाबेश गरिने आयोजकले जनाएको छ । बालबालिकाको मनोविज्ञानमा असर पुग्ने भन्दै बालबालिकाको लागि हुने सबै खेलमा सहभागी सबै बालबालिकालाई पुरस्कार वितरण गरिने भएको छ ।

बारबिक्यू कार्यक्रमलाई सभ्य र भब्य रूपमा सफल बनाउन बिभिन्न शिर्षकमा उप समिति पनि गठन गरिएको छ । फÞूकूओकाको समुन्द्री किनारमा हुन गइरहेको बारबिक्यू कार्यक्रममा कुनै पनि अप्रिय घटना हुन नदिनको लागि स्वयं र आफ्नो बालवच्चाको रेखदेख आफै गरिदिन पनि सहभागी सबैलाई अपिल गरेको छ ।