विद्यालयलाई आर्थिक संकट, माछापालनबाट शिक्षकलाई तलब

1185
views

प्रकाश सापकोटा, नवलपुर साउन २१  नवलपुर जिल्लाको कावासोतीस्थित नारायणी आधारभूत विद्यालय सञ्चालनमा आर्थिक अभाव सृजना भएको छ ।

निजी स्तरबाट शिक्षकलार्ई तलबभत्ता पुर्यासउन नसकेपछि खर्च व्यवस्थापनका जग्गा ठेक्का र माछापालन त गरिएको छ तर त्यसबाट पनि खर्च व्यवस्थापन नभएपछि विद्यालय अस्तित्व बचाउको स्थितिमा पुगेको छ ।
नवलपरासीको कावासोती १७ मा २०४९ सालमा स्थापित नारायणी आधारभूत विद्यालय सञ्चालनमा धौ धौ भइरहेको छ ।
५ जना निजी र १ सरकारी शिक्षक रहेको विद्यालयमा निजी शिक्षकलाई तलबभत्ता पुर्या्उन बेलाबेलामा समस्या देखिने गर्दछ ।
अति न्यून स्केलको तलब त्यसमा पनि समयमा तलब नपाइने हुँदा शिक्षक शिक्षिकालाई समेत असहज भइरहेको छ ।
खर्चको स्रोत जुटाउन नसकेपछि अहिले विद्यालयको जग्गा ठेक्का लगाइएको छ भने अर्कोतिर माछापालन समेत भइरहेको छ ।
तर त्यसबाट वार्षिक ३२ देखि ३३ हजार मात्र आम्दानी हुने भएकाले खर्च व्यवस्थापनमा हम्मे हम्मे परिरहेको विद्यालयका प्रधानाध्यापक धु्रब सुवेदी बताउँछन् ।
मासिक रुपमा दुई शिक्षकलाई बयासी सय, दुई शिक्षकलाई बहत्तर सय र एक शिक्षकलाई बैसठ्ठी सयका दरले मासिक तलब उपलब्ध गराउँदै आएको विद्यालयमा हाल ७२ जना विद्यार्थी अध्ययनरत छन् ।
केही समयका लागि बल्लतल्त माछा विक्री गरेर विद्यालय सञ्चालन गरिएपनि यहीँ स्थिति रहे दीर्घकालसम्म यसरी सञ्चालन गर्न नसकिने विद्यालयका सल्लाहकार युक्तप्रसाद गौैडेलको भनाइ छ ।
चलाउने भन्ने पिरलो छ भने शिक्षक शिक्षिकाको गुनासो पनि उस्तै छ ।
स्थानीय स्रोतबाट अति न्यून स्केलमा तलब खानुपरेको र माछा कहिले विक्री होलान् र तलब बुझ्न पाइएला भनेर कुनुपर्ने बाध्यता रहेको सोही स्कुलकी शिक्षकाको गुनासो छ ।
निजी स्रोतले धान्न नसकेका र दीर्घकालीन सञ्चालनमा समस्या भइरहेका स्कुललाई व्यवस्थापन गर्नेतर्फ सरकारले पनि ध्यान दिए राम्रै हुने थियो ।