हतियार बोक्ने हत्यारो

1399
views

-गजल-

बेकाममा हतियार बोक्ने हत्यारो हुन सक्छ
सरलै सरलको पछाडी अफ्ठ्यारो हुन सक्छ

आज जसलाई देखेर तिमी घृणित हुन्छ्यौ
कहिले कहिँ भोली त्यहि ज्यान प्यारो हुन सक्छ

मेरो झुपडी देखेर गिज्याउदै नहाँस्नुहोला
हिँड्दा हिँड्दै यतै कहिले बस्यारो हुनसक्छ

मैनबत्ती बाल्दैमा संसार झलमल भो नसोच
हुरीले निभाईदिएपछि अँध्यारो हुनसक्छ।।

-छत्त बहादुर बोगटी
अदानचुली-२, हुम्ला
हाल गमगढी, मुगु