उम्मेदवार अपहरणपछिको सुरक्षा चुनौति- म्याग्दी भकिम्लीका कांग्रेस नेता जस बहादुर पुन अपहरणमुक्त

717
views

बेनी १९ वैशाख । अपहरीत उम्मेदवारक्याप्टेन जस बहादुर पुनलाई सोमबार साँझ अपहरणमुक्त गरिएको छ । स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वेनी नगरपालिका–३ भकिम्लीका वडा अध्यक्षका उम्मेदवार पुनलाई प्रहरीले अपहरणमुक्त गरेको हो । उम्मेदवार आज विहान पार्टीको कामको सिलसिलामा सदरमुकाम बेनीतर्फ आइरहेको अवस्थामा अज्ञात समुहले अपहरण गरेको नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजाले बताए ।
पार्टी कामले सदरमुकाम आउँदै गर्दा उनलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकताहरूले अपहरण गरेको काँग्रेसले ठहर गरेको थियो ।
पार्टीका सभापति गर्बुजाले नेकपाका जिल्ला इन्र्चाज गम बहादुर श्रीषसंग पटकपटक टेलिफोन संवाद गरेका थिए । बेनी नगरपालिका–३ बाट उम्मेदवारी दिएका पुनलाई अपहरणको रहस्यका बारेमा समेत अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । पुनको अपहरणमा संलग्नहरुको पहिचान हुन सकेको छैन् । नेपाली कांग्रेसका नेता अपहरण गरिएको विषयमा समेत नेकपाले आधिकारिक धारणा सार्वजनिक नगरेपनि जिल्लाका सुरक्षा निकाय र नेपाली कांग्रेसका नेताहरूले नेकपाका जिल्ला इन्र्जाज संग गरेको कुराकानीमा पार्टीको तर्फबाटै अपहरण गरिएको पुष्टी जनाइएको छ ।