पर्वत पैंयु गाउँपालिकामा तीनदिनदेखि ताला

1548
views

महेन्द्र जिसी
पर्वत, २३ साउन । पैंयु गाउँपालिकामा स्थानीयले तीनदिनदेखी तलालाबन्दी गरेका छन् । जनप्रतिनीधि जापान बस्ने भएपछि सेवा रोकीएको भन्दै पर्वत दक्षिणी पर्वतको पैयुँ गाउँपालिकामा स्थानीयले तीनदिनदेखि तालाबन्दी गरेका हुन् ।

वडा न ४ का अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ जापन बस्ने भएपछि स्थानीयले सेवा नपाएको भन्दै ताला बन्दी गरेका हुन । प्रदेश कानुन अनुसार वडा अध्यक्ष विना जानकारी लगातार तीनवटा कार्यपालिका बैठकमा सहभागि नभएमा कार्वाही गर्ने प्रावधान अनुसार गाउँपालिकाले पत्र काटेपछि विवाद चुलिएको हो ।

अहिले गाउँपालिकाको कार्यालयमा गत श्रावण २१ गते देखी ताला बन्दी भएको हो । प्रमुख प्रशासकीय अधिकृत उज्वल भुसालका अनुसार प्रत्यक्ष सेवा दिने जन प्रतिनीधि नै चार महिनादेखी कार्यालयमा नहुनु नै प्रमुख कारण बनेको हो ।

उप प्रमुख जसमति गुरुङले सेवा सुविधा लिएर जन प्रतिनिधि कमाउन जानु गलत भएको भन्दै आफुले तत्काल कार्यालयमा हाजिर हुन आग्रह गरेको बताउनुभयो ।

सेवा नपाएपछि स्थानीयहरुले लगातार कार्यालय परिसरमा धर्ना दिईरहेका छन । जापान बस्दै आउनु भएका वडा न ४ पैयुँका अध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन ।

यता जिल्ला समन्वय समिति पर्वतले भने आन्तरिक विवाद समाधान गर्न नसकिने जनाएको छ । समन्वय अधिकारी विष्णु प्रसाद भुसालले दुई स्थानीय तहमा देखीएका विवाद समाधान गर्ने अधिकारी भएको भएपनि गाउँपालिका भित्रको आन्तरीक विवाद मिलाउने अधिकार नभएको हुँदा पालिकाको कार्यालय खुलाउन पहल गर्न नसकिएको बताउनु भयो ।