पहिलो अभ्यास खेलमा नेपाली फुटबल टोली पराजित

637
views

काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

२३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको हो ।

खेलको ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि नेपाल पराजित बनेको थियो । नेपालले अब १० अगस्टमा थाइल्यान्डको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग खेल्नेछ । त्यसपछि नेपाली टोली इन्डोनेसिया प्रस्थान गर्नेछ ।

एसियन गेम्स अगष्ट १८ तारिखदेखि सुरु हुने भए पनि फुटबलका खेलहरु भने अगष्ट १४ देखि नैं हुनेछन् । एसियन गेम्सको समूह डी मा रहेको नेपालले समुह चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।