हेटौँडाको ओम्याक्स सिनेमा हलमा भिषण आगलागी

805
views

मकवानपुर । प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडा उपमहानगरपालिकास्थित ओम्याक्स सिनेमाहलमा भिषण आगालागि भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा रहेको ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो ।

घटनास्थलमा पुगेको प्रहरीको टोलीले हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । ओम्याक्स सिनेमा हलमा लागेको आगो निभाउन बाराको अमलेखगञ्जबाट दकमल मगाइएको छ ।

हैटौँडामा रहेको एक मात्र दमकलले आगो निभाउन नसकेपछि अमलेखगञ्जबाट अर्को दमकल मगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हलबाट अझै धुवाँको मुस्लो निस्किरहेकाले आगो निभाउन अग्निनियन्त्रकलाई कठिन भएको छ ।