सम्पत्तिमाथि महिलाको स्वामित्व बढ्दै

1559
views

कन्चनपुर । कन्चनपुरमा सम्पत्तिमाथि महिलाको स्वामत्वि बढ्दै गएको छ । सरकारले महिलाका नाममा घरजग्गा रजिस्ट्रेसन गर्दा २५ प्रतिशत कर छुटको व्यवस्था गरेसँगै सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको हो ।

आर्थिक वर्ष २०७४ र ७५ मा ४ हजार ९ सय ४६ घर जग्गा रजिस्ट्रेसन पास भएकोमा महिलाको नाममा २ हजार २ सय ४२ रहेको जिल्ला मालपोत कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको छ ।

सरकारले महिलालाई दिएको छुट र पुरुषमा आएको चेतनाका कारण पछिल्ला वर्षहरुमा महिलाको नाममा घरजग्गा रजिस्ट्रेसन गर्नेको संख्या बढेको जिल्ला मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत दलबहादुर चन्दले जानकारी दिए ।

जसमध्ये घर जग्गा रजिस्ट्रेसनबाट १२ करोड २१ लाख ६ हजार ५ सय ३२ रुपैयाँ राजश्व संकलन भएको छ भने सेवा शुल्कबाट १ करोड ८४ लाख १२ हजार ३ सय ७० रुपैयाँ संकलन भएको छ ।