नेकपा सचिवालयको बैठक सकियो

803
views

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही साउन २५ गतेभित्र प्रदेश कार्यदल र जनवर्गीय संगठनलाई प्रतिवेदन बुझाउन दिएको समयमा के कति प्रगति भयो भन्ने विषयमा सो बैठक बेसेको थियो ।

अध्यक्षद्वयले यहि भदौ ५ गते भित्र जनवर्गीय संगठनको एकता गरिसक्नुपर्ने निर्देशन दिएका थिए । जनवर्गीय संगठनको एकतापछि भदौ १५ भित्र पहिलो बैठक बसिसक्नु पर्ने अध्यक्ष द्वयको निर्देशन थियो ।

बैठकमा दुई अध्यक्षसहित नारायणकाजी श्रेष्ठ, माधव नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, वामदेव गौतम र इश्वर पोखरेलको सहभागिता थियो ।

पछिल्लो समय धेरै जसो जनवर्गीय संगठनले विधान र नियामावली तयार गरिसकेका छन् भने नेतृत्व र झण्डाको विषयमा छलफल केन्द्रित गरेका छन् । २२ वटा जनवर्गीय संगठन मध्ये २१ वटाको एकता हुन बाँकी रहेको छ ।