विप्लव माओवादीका प्रवक्ता पक्राउ, के होला अब ?

2067
views

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् ।

विश्वकर्मालाई दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट मंगलबार साँझ पक्राउ गरिएको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए ।

उनीमाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । विश्वकर्मालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।