नेकपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्ती सहित)

765
views

काठमाडौं, २३ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको छ । मंगलबार साँझ पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाइ पक्राउ गरेपछि नेकपाले आन्दोलनको घोषणा गरेको हो ।
नेकपाले केपी ओली सरकारले विना कारण आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पार्टी महासचिव चन्दद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगाएत तीन जनालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको उल्लेख छ ।

आन्दोलनका कार्यक्रम अनुसार साउन २५ गते देशभर कोणसभाको आयोजना गरिने, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्द गरिने उल्लेख छ ।