बलात्कारको घटना बढ्दो चार वर्षमा ४,४४५ महिला बलात्कृत

1245
views

काठमाडौँ, साउन २४ नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कारको सिकार हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ ।

तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बलात्कारका घटना प्रत्येक वर्ष बढ्दै गएको बताए । ‘चार वर्षको तथ्यांक हेर्दा बलात्कारका घटना बढेको देखिन्छ । यस अवधिमा चार हजारभन्दा धेरै पीडित भएका छन्,’ एसएसपी थापाको भनाइ छ ।
३६ महिनामा मुलुकभर एक हजार पाँच सय ५० महिला तथा बालिकामाथि बलात्कारको प्रयास भएको छ । अर्थात् मुलुकभर प्रत्येक दिन झन्डै दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको तथ्यांकले देखाउँछ । यो संख्या प्रत्येक वर्ष झन्डै १६ प्रतिशतले वृदि भएको छ । पीडितहरूमा बढि बालिका नै रहेको देखिन्छ ।
प्रहरी प्रवक्ता डिआइजी ले भने, ‘घटना विश्लेषण गर्दा अधिकांश घटनामा बालिकामाथि बलात्कारको प्रयास भएको देखिन्छ । बलात्कारका घटनाको रिपोर्ट पहिला प्रहरीसम्म कमै मात्र आइपुग्थे । अहिले धेरैजसो आउँछन् । चार वर्षमा ४ हजार १ सय ७७ विरुद्ध मुद्दा चलेको छ ।