डीएमके पार्टीका अध्यक्षको राजकिय सममानका साथ अन्त्येष्टि

845
views

काठमाडौं । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

चेन्नईको मरिना तटमा उनको अन्त्येष्टि गरिएको हो । मंगलबार साँझ चेन्नई अस्पतालमा करुणानिधिको निधन भएको थियो ।

करुणानिधिको पार्थिव शरीर उनका मार्गदर्शक तथा डीएमकेका संस्थापक सीएन अन्नादुरैको समाधि नजिकै राजकीय सम्मानका साथ समाधिस्थ गरिएको हो ।

अन्त्येष्टि कार्यक्रममा हजारौं सहभागी थिए । करुणानिधिको पार्थिव शरीरलाई भारतको राष्ट्रिय झण्डाले बेरिएको थियो ।

उनलाई कालो चश्मा, पहेंलो सल तथा सेतो कमीज र धोती लगाइदिइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेसका अध्यक्ष राहुल गान्धीलगायतका राजनीतिज्ञहरुले चेन्नई पुगेर दिवंगत नेता करुणानिधिलाई अन्तिम श्रदाञ्जली अर्पण गरेका थिए ।