यसरी भयो सडक स्तरोन्नतिको काम अलपत्र

852
views

पाँचथर । समयमा योजना स्वीकृत नहुँदा र स्वीकृति भएको योजनाको काममा ढिलाई हुँदा सडक निर्माणका काम अलपत्र पर्ने गरेका छन् । यस्तै भएको छ पाँचथर उत्तरे–यासोक सडकखण्डमा ।

उन्नति परियोजनाले समयमा योजना स्वीकृत नगर्दा पाँचथरको उत्तरे–यासोक सडकखण्ड स्तरोन्नतिको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७४ र ७५ को अन्त्यतिर मात्रै उपभोक्ता समितिलाई योजना स्वीकृत गरेका कारण सडक स्तरोन्नतिको काम अलपत्र परेको हो ।

परियोजनाले हतार–हतारमा असारमा मात्रै उपभोक्ता समितिमार्फत् काम गराएपछि निर्धा्रित १६ किलोमिटर सडकखण्डको काम सम्पन्न हुन नसकेको हो । डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाले ४ करोड रुपैयाँको लगानीमा सडक स्तरोन्नतिको काम सुरु गरेको थियो ।

समितिले सडकको स्तरोन्नतिको कामको जिम्मा जेठ २७ गतेबाट असार १५ गतेसम्मका लागि मात्रै प्राप्त गरेको थियो ।

त्यसले गर्दा पनि काम अधुरै भएको हो । ४ करोड रकममध्ये समितिलाई १ करोड ७४ लाख १ हजार ४८७ रुपैयाँ भुक्तानी दिइएको परियोजनाले जनाएको छ ।

पाँचथरमा मात्रै डेनमार्क सरकारको सहयोगमा ४५ करोड ११ लाख ५६ हजार ५ सय ५० रुपैयाँको भौतिक पूर्वाधारको काम हुँदै आएको जिल्ला समन्वय समितिका गिरिराज ज्ञवालीले जानकारी दिए ।

ठेकेदार र उपभोक्ता समितिमार्फत् भएका १४ वटा आयोजनामध्ये चार वटा मात्रै समयमै सम्पन्न भएका छन् । बाँकी १० योजना अलपत्र अवस्थामा छन् ।

क्जबचभ त्धभभत एष्ल