कस्तुरीको बिनासहित चारजना प्रहरी नियन्त्रणमा

2184
views

काठमाडौं, २४ साउन । कस्तुरीको बिना अबैध रुपमा बिक्रि गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । संरक्षित बन्यजन्तु कस्तुरीको तीनथान बिना बोकी हिँडेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कस्तुरीको बिक्रि गर्न हिडेका काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जीवन बस्नेत रहेका छन् ।

उनीहरुमध्येका अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा उक्त कस्तुरीको बिनासहित काठमाडौं महानगरपालिका–२७ ज्याठाबाट महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।