खोलाले बगाउँदा १८ बर्षिय युवा बेपत्ता

841
views

नुवाकोट । नुवाकोट ताँदी खोलमा पौडी खेल्न गएका १८ बर्षिय युवा बेपत्ता भएको नुवाकोट प्रहरी चौकी समुन्द्रटारले जनाएको छ ।
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–७ शिखरबेशी बस्ने तोरण बहादुर पण्डितको छोरा राम पण्डित ताँदी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको बताइएको छ ।

उक्त खबर प्राप्त गर्नासाथ प्रहरी सहायक निरिक्षणको कमाण्डमा गएको ४ जनाको टोली सहित स्थानियले खोजिकार्य गरिरहेको प्रहरीले जनाएको छ ।