मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लि.द्वारा नवप्रवेशीलाई वित्तिय तालिम

2528
views

काठमाडौ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लि.ले नवप्रवेशीहरुका लागि अधारभूत तालिमको आयोजना गरेको छ । तालिममा कर्जा, लगानी तथा संस्थाको नीति नियम सेवा सुबिधाको बारेमा प्रशिक्षण दिइएको छ ।

तालिमबारे स्पष्ट पार्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले सर्वसाधारणमा पहुँच वृद्धि र विस्तारका लागि बित्तीय संस्थाले महत्वूर्ण भुमिका निर्वाह गरेको बताए । 

दाहालले संस्थालाई थप विकसित गर्दै आगामी बर्षभित्र ७५ जिल्लामा शाखा बिस्तार गर्ने नीति अनुरुप माइक्रोफाइनान्स बित्तीय संस्था अघि बढिरहेको जानकारी पनि दिए ।

तालिमको उद्घाटन कार्यक्रममा मानव संसाधन बिभागका प्रमुख बिजेन्द्र चौधरीले लघुबित्त सम्बन्धी जानकारी दिदैं संस्थाले राज्यको गरीबी उन्मुलन गर्न महत्वपूर्ण भुमिका खेलेको बताएका थिए ।

कार्यक्रममा मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, बित्त बिभाग प्रमुख बद्री अधिकारी, कर्जा बिभाग प्रमुख शेर बहादुर गुरुङ, रामचन्द्र रुपाखेती, उमेशमान डङ्गोल, अनुगमन अधिकृत रबि आचार्य लगायतको उपस्थिती रहेको थियो । तालिममा देशका विभिन्न जिल्लाका ४० जना युवाहरुको सहभागिता रहेको छ ।

हाल ग्रामीण तथा सहरोन्मुख इलाकामा बसोबास गर्ने बिपन्न समुदायमा ४६ जिल्लामा ७६ शाखाहरु मार्फत बित्तीय साक्षरतासहित लघुबित्त सेवा प्रदान गर्दै आएको संस्थाले गरीबी न्युनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।