“प्रमोदको नयाँ रोमांटिक गीत ‘बादलू उड्ने हिमाली पाखामा’ सार्बजनिक’’

1099
views

सचिन्द्र श्रेष्ठ
काठमाडौ, २५, श्रावण । नेपाली पप क्षेत्रमा बाढ़ी आयो जुन बेला प्रमोद निर्बानले आफ्नो चर्चित गीत जब तारा गनेर, किन यसरी जस्ता खालका गीत प्रस्तुत गरे नेपाली माझमा ! जसले गर्दा उनलाई रातारात हिट बनाउन सफल भयो ।

२०४१ सालमा काठमाडौ बालाजुमा जन्मिएका प्रमोदले सो नयाँ गीतमा आवाज मात्र नभएर शव्द, संगीत र संकलन पनि स्वयंमले गरेका छन् । सानैदेखि संगीतमा लगाव राख्ने उनी वि.स २०५३ मा पहिलो पटक ‘सस्पेन्स’ नामक म्यूजिक ब्याण्डबाट उदाएका गायक हुन् । मामाका छोरा स्व. सुनील बर्देवाको संगतले उनलाई यहाँसम्म पुर्याउन ठुलो मद्दत पुगेको बताउँछन् । हाल उनको ‘निर्वान एण्ड म्यूजिक लिङ्क ब्याण्ड’ नामक ब्याण्ड छ । १२ बर्षको कलिलो उमेरमा दाई सुमन बर्देवा, सुदीप थापा सँग मिलेर ’सस्पेंस’ ब्याण्ड निकाले ।

२०५६ सालमा सानै बेलाको साथी अनिल सिंह, सुनील सिंह सँग मिलेर ’जूनियर रोधी’ नामक ब्याण्ड बनाए, अनिल सिंहको साथ र सहयोगले यहाँ सम्म आएको प्रमोद बताउँछन् । २०५८ सालमा आफ्ना स्कूले साथीहरुको सहयोगमा ‘निर्वान एण्ड म्यूजिक लिंक’ नामक ब्याण्ड बनाए।यतिकै गीत लेखेर बसिरहेका बेला रमण सिंहको सहयोगमा प्रमोदका बाल्यकालका साथी अनिलले मेरो साथीको नयाँ गीत हो, उसैले गाएको हो भनेछन् ।

यसपछि त्यो गीत पनि रमणको आउनेवाला एल्बममा पर्यो। त्यसै एल्बममा थिए कर्णदास, निमा रुम्बा आदिका गीत पनि । नाम चलेका गायकहरूको लहरमा आफ्नो गीत पनि पर्दा प्रमोद दंग नै भए । वास्तवमा उनलाई चिट्ठै परेको थियो । त्यो एल्बम थियो, सम्झना अडियोले बजारमा ल्याएको ‘बजेट २००३’ नामको कलेक्सन । त्यो एल्बम खुबै चल्यो पनि । यसका सबै गीतहरू रुचाइए । अनि रुचाइए गायक तथा संगीतकार प्रमोद निर्वाण पनि एक भए !

चलेका गीतहरु लाई उनले २०६० सालमा ’निर्मान एण्ड म्यूजिक लिंक’ नाम राखी किन यसरी, जब तारा गनेर, कस्तो मोडमा गीत समाबेश गरे,जसले उनलाई ठूलै उचाईमा पुर्याउन सफल भयो । २०६५ सालमा ‘निर्वान एण्ड म्यूजिक लिंक २’ मा समाबेश गीत तिमी र म, यो माया त्यों माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वान एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै चौथो एल्बमको तयारीमा रहदै गर्दा यूटयूब मापÞर्mत प्रमोद ले दर्शक तथा स्रोताको नजरमा एउटा छुट्टै पहिचान बनाएको ‘निर्वान एण्ड म्युजिक लिंक’ ब्याण्डको भर्खेरै सार्वजनिक गरिएको रोमान्टिक भिडियोको शब्द, संगीत र अरेन्ज ब्यान्ड आफैले गरेर ’बादलु उड़ने हिमाली पाखामा’ गीत निकाले। बिबहोरे पोख्ररेलले निर्देशन गरेको भिडियोलाई अर्जुन सापकोटाले खिचेका छन । दर्शक तथा स्रोताको मन मतिष्कमा बस्न सफल भईसकेको यस ब्याण्डको नयाँ गीतलाई पनि दर्शकहरुले रुचाईरहेका छन् । भिडियोमा रबिन, सीमा र नाभीको अभिनय देख्न सकिन्छ ।