पुलबाट ट्रक खस्दा दुईको मृत्यु, एक गम्भीर घाइते

967
views

प्रकाश सापकोटा, चितवन, साउन– २६ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । साथै अर्का एकजना गम्भीर घाइते भएका छन् ।

आज बिहान भारतबाट काठमाडाैँ जाँदै गरेको एमएच९४२९ टी ९०३४३ नम्बरको मालवाहक भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः३० बजे मृत्यु भएको हो र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।