बलेरो गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खांदा दुई को मृत्यु

1073
views

प्रकाश सापकोटा नवलपुर, साउन २६  विनयी त्रिवेणी गाउंपालिका १ नवलपरासीको बेसक्याम्प चोक दुम्किबासमा अाज सवारी दुर्घटना हुंदा दुई जनाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जांदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको लु २० प ५१७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा परी प्युठान जिल्लाको लिवाङ ८ निवासी ३२ बर्षीय जगतबहादुर परियार र मोटरसाइकल पछाडि सवार प्युठान जिल्लाको लिवाङ ८ निवासी १० बर्षीया बालक विवेक परिवारको मृत्यु भएको छ । ठक्कर दिने बलेरो गाडी सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।