रौतहट स्थित एभरेष्ट मदिरा उद्योगमा आगो दन्किएपछि

653
views

रौतहट, १९, वैशाख । रौतहट स्थित दुर्गा भगवती गाँउपालिकाको एक डिस्टीलरी उद्योगमा भएको आगलागीमा मेसिनसहित करिव एक करोड बराबरको सामान जलेर नष्ट भएको छ । गंगा पिप्रामा रहेको एभरेष्ट डिस्टीलरी उद्योगमा आगलागी हुँदा उद्योगको भण्डारण कक्षसहित मेसिन जलेको हो ।आगलागीको कारण पत्ता लाग्न सकेको छैन, यद्यपि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।आगोले ठूलो रुप लिइसकेपछि मात्रै उद्योगका सुरक्षा गार्डले पत्तो पाएका थिए । स्प्रिट र अल्कोहल भण्डारण गरिएको कोठामा आगो सुरु भएपछि ठूलो क्षति भएको छ । सदरमुकाम गौरबाट गएको दमकल र स्थानीयवासीको सक्रियतामा करिव ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।