बन्दमा बम फेला, दुईजना पक्राउ

606
views

काठमाडौँ, २९, साउन । केन्द्र सरकार रहेको काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।

नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । सोही क्रममा बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको पनि पोखरेलले जानकारी दिए ।

जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको बताइएको छ । यसअघि आज बिहान भक्तपुरका विभिन्न स्थानमा पनि बम फेला परेका थिए ।