काँग्रेसले जनतामा भ्रम छर्ने काम गर्यो– प्रम ओली

821
views

काठमाडौ, ३१, साउन । प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसले जनतामा भ्रम छर्ने कुचेष्टा गरेको भन्दै आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि कांग्रेसलाई आह्वान गर्दै भदौ १ गतेदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार नर्ग चेतावनी दिएका हुन् ।

एक वर्ष अघि बनेको सो ऐनमा चिकित्सकहरुलाई जन्मकैदको सजाय दिने व्यवस्था गरिएको भन्दै अन्त्यन्तै भ्रमपूर्ण प्रचार गरिएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई प्रधानमन्त्रीले सचेत गराए ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न पार्टीका युवाहरुलाई पार्टीका प्रवेश गराउँदै उनले सरकार गतिका साथ अघि बढेको पनि दावी गरे ।

प्रधानमन्त्री ओलीले युवाहरुले सही छनौट गरेर पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनीहरुको विश्वासलाई अझै सुदृढ बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।