प्रिमियर लिगमा लिभरको दोस्रो जित

712
views

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ । लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र जेम्स मिल्नरले एक–एक गोल गरे ।

खेलको ४५ औं मिनेटमा पेनल्टीमार्फत गोल गर्दै जेम्स मिल्लरले लिभरपुललाई अग्रता दिलाए । ७५ औं मिनेटमा रातो कार्ड खाँदै आरोन वान विसाका बाहिरिएपछि १० खेलाडीमा सिमित भएको क्रिस्टल प्यालेस थप दबाबमा परेको थियो ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुल २–० ले विजयी भएको हो ।