कञ्चनपुरमा प्रहरीको गोली लागेर चार जना घाईते

1221
views

कञ्चनपुर, ७ भदौ । निर्मला पन्त हत्याको विरोधमा आन्दोलन चर्किदा प्रर्दशनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागि चार जना प्रर्दशनकारी घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ ।

प्रर्दशनकारीले सदरमुकाम महेन्द्रनगरमा टायर बालेर सडक अबरुद्व पारेका छन् । बालिका पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरका स्थानीयले आज विहानै देखि प्रदर्शनलाई जारी राखेका छन् ।

प्रदर्शन उग्र बनेपछि मंगलबार र बुधबार प्रहरीले बल प्रयोग गरेको थियो । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कदैं गएपछि कैलालीबाट थप प्रहरी झिकाइएको थियो ।