कञ्चनपुर घटनाको विषयमा छानविन समिति गठन

793
views

काठमाडौ–सरकारले कञ्चनपुर घटनाको विषयमा छानविन गर्न छानविन समिति गठन गरेको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीकोे अध्यक्षतामा पाँच सदस्यिय छानविन समिति गठन गरेको हो ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि गृह मन्त्रालयले घटना छानविनको पहल थालेको हो ।

गृहस्रोतका अनुसार ५ सदस्यीय उक्त समितिले तत्काल घटनास्थल पुगी आवश्यक अनुसन्धान गर्नेछ । विहीबार बिहानैदेखि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच भडप भइरहेको छ ।

झडपमा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।