अमेरिका र चीनले व्यापारमा गर्‍यो नयाँ करवृद्धि घोषणा

523
views

काठमाडौं, ८ भदौ । संयुक्त राज्य अमेरिका र चीनले एक अर्कामा सवारीसाधन, कारखानाका उपकरण तथा अन्य सामग्रीमा बिहीबारदेखि अर्बौं डलरको करवृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुवै देशका उच्च अधिकारीको दोस्रो बैठक २५ प्रतिशत कर वृद्धि गरेको हो ।

सवारी साधन र धातुजन्य वस्तुसमेतमा दुवै मुलुकले १६ अर्ब डलर बराबर जरिवाना लगाएको छ । गत महिना पनि दुवै मुलुकले एकअर्काका ३४ अर्ब डलरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको थियो ।

यो घोषणासँगै दुवै मुलुकले अब ५० अर्ब डलर बराबरका सामानमा करवृद्धि हुनेछ । चीन सरकारले करवृद्धि विश्व व्यापार सङ्गठनका नियमको उल्लङ्घन रहेको भन्दै अमेरिकाको आलोचना गरिरहेको छ भने यसविरुद्ध चीनले कानुनी चुनौती दिने जनाएको छ ।

अमेरिकाले राज्यको अग्रसरतामा प्रविधि विकासका कार्य रोक्न बेइजिङमाथि दबाब दिइरहेको छ तर, चीनले त्यसलाई अस्वीकार गरिरहेको छ । चीनको यस कदमले बजारमा प्रतिस्पर्धी स्थिति उत्पन्न नहुने अमेरिकाको भनाई रहेको छ ।

तत्काल कुनै सम्झौता नहुने स्थितिप्रति सङ्केत गर्दै अर्थविज्ञहरुले सन् २०२० सम्म विश्वको आर्थिक वृद्धि ०।५ प्रतिशत बिन्दुको हाराहारीमा मात्र रहने चेतावनी दिएका छन् ।