माईक्रो बस बाढीमा बग्दै गर्दा यात्रुहरु हाम फालेर बचे

719
views

काठमाडौ । छिन्चु जाजरकोट सडकखण्डको बनगाड खोला पार गर्दागर्दै बाढीले बिहीबार बस बगाएको छ । आफू चढेको बस बाढीले बगाउन थालेपछि यात्रुहररूले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

जाजरकोटबाट नेपालगञ्जका लागि आउँदै गरेको माइक्रो बस बिहीबार बाढीले बगाएको थियो ।
खोलाको बीच ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो ।

खोलामा बन्दै गरेको पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । निर्माणको जिम्मा लिएको लामा कन्सट्रक्स कम्पनीले समयमै पुल निर्माण कार्य नसक्दा समस्या आएको स्थानीयको भनाई छ ।

छिन्चु जाजरकोट सडकखण्डमा पर्ने बनगाड खोला तरेर सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा, रुकुम लगायतका जिल्लामा दैनिक हजारौं बासिन्दा आवतजावत गर्छन् ।