अमेरिका डलरको मूल्यमा दैनिक घटबढः यस्तो छ आजको विनिमयदर

873
views

नेपाल राष्ट्र बैंकले वैदेशिक मुद्राको विनिमयदर साताको छैंटौं दिन शुक्रबारका लागि यसप्रकार तोकेको छ । अमेरिका लगायत केही राष्ट्रको विनिमयदर शुक्रबार महँगो भएको छ ।

अमेरिकी १ डलरको खरिददर १ सय ११ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ४९ पैसा कामय भएको छ । युरोपियन युरो १ को खरिददर १ सय २९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १ सय ३० रुपैयाँ ३१ पैसा छ । पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर १ सय ४५ रुपैयाँ ४ पैसा कायम छ ।

साउदी अरबियन रियाल १ को खरिददर २९ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ९९ पैसा कायम भएको छ। कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७७ पैसा रहेको छ। संयुक्त अरब इमिरेट्स (युएई दिह्राम) १ को खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिददर २७ रुपैयाँ २६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

दक्षिण कोरिया वान १ सयको खरिददर ९ रुपैयाँ ९७ छ भने बिक्रिदर १० रुपैयाँ २ पैसा रहेको केन्द«ीय बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलरको भने शुक्रबार सस्तो भएकोे राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलरको खरिददर ८१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८२ रुपैयाँ ३ पैसा कायम भएको छ ।

यस्तै जापानको विनिमयदर बिहीबारजस्तै स्थिर रहेको छ । जपानिज यन १० को खरिददर १० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा कायम भएको छ ।

यसैगरी छिमेकी भारतसँग छिमेकी राष्ट्र भारतसँग भने स्थिर विनिमयदर रहेको छ । राष्ट्र बैंकले विनिमयदर तोकेपनि निजी बैंकले भने केही रकम महँगोमा बिक्री गर्ने छन् । स्रोत नेपालखबर