कञ्चनपुर घटनाका घाइतेको उपचार सरकारले गर्ने

720
views

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन् ।

कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताएका हुन् ।

बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई खोजी कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्दा भण्डारासहित थुप्रै आन्दोलनकारी घाइते भएका थिए ।

गृह मन्त्रालयले बिहीबार मात्र पन्तको हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।