पूर्वराष्ट्रपतिलाई फौजदारी मुद्दाको प्रतिवादको लागि सात दिनको समय

591
views

भदौ, ८ गते । ब्राजिलको एक निर्वाचन अदालतले बिहीबार पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफूमाथि चलेको फौजदारी मुद्दाको प्रतिवाद गर्न सात दिनको समय दिएको छ ।

आगामी अगष्ट ३० तारिखसम्म ब्राजिलको राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्नको लागि लुला आफैंले योग्य रहेको प्रमाण दिनुपर्नेछ । विपक्षी पार्टी र अन्य उम्मेदवारले उनीमाथि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहेको भन्दै प्रश्न उठाएका छन् ।

लुला हाल भ्रष्टाचारको आरोपमा १२ वर्षको जेल सजाय भोग्दै छन् । निर्वाचन अदालतले उनको उम्मेदवारी रद्द गरेपनि उनका वकीलले सर्वोच्च सङ्घीय अदालतमा उजूरी दिन सक्नेछन् ।

यदि उनको उम्मेदवारी अस्वीकृत भएमा लुलाको वर्कर्स पार्टीले सेप्टेम्बर १७ सम्ममा अर्को व्यक्तिलाई उम्मेदवार बनाउनेछ, र ती व्यक्ति उहाँकै मित्र फर्नान्डो हदाद हुनु हुनेछ ।

संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगले लुलाको राजनीतिक अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।