कञ्चनपुरमा फेरि गोली चल्यो, एकको मृत्यु

939
views

काठमाडौं । शुक्रबार सामान्य बन्दै गएको कञ्चनपुरमा फेरी गोली चलेको छ । गोली लागि एक स्थानीय युवाको मृत्यु भएको छ । पाँचजना घाईते भएका छन् ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कञ्चनपुरमा जारी स्थानीयको प्रदर्शनमा शुक्रबार पनि प्रहरीले गोली चलाएको छ ।