विश्वकर्मालाई तीन दिन थुनामा राख्न अदालतको आदेश

597
views

नुवाकोट । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्ने आदेश भएको छ ।

काठमाडौंबाट पक्राउ गरी नुवाकोट ल्याइएका प्रवक्ता विश्वकर्मालाई तीन दिन थुनामा राख्न नुवाकोट अदालतले आदेश दिएको हो । उनलाई थुनमै राखी खनुसन्धान हुने छ ।

साउन ७ गते बेलकोटगढी नगरपालिका– ९ स्थित धमले–दुईपिपल सडक निर्माण गर्ने नागार्जुन कन्सट्रक्सन प्रालिको दुई थान स्काभेक्टरमा आगजनी भएको थियो । सो आगजनी काण्ड विश्वकर्माकै नेतृत्वमा भएको अभियोग लागेको छ ।

नुवाकोट प्रहरी कार्यालयले ७ दिनको म्याद थप गर्ने अनुमती मागेपनि जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले तीन दिनको अनुमति दिएका हुन् । उक्त काण्डमा आफ्नो सहभागिता नभएको प्रवक्त खड्ग विश्वकर्माले प्रतिक्रिया दिए ।