कञ्चनपुर घटनाले उग्ररूप लियोःआफ्नै क्षेत्रकी मन्त्री बीना विदेशमा, मेयरको घरमा आगजनी

780
views

कन्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त बलात्कारपछि भएको हत्यालाई लिएर चर्किएको आन्दोलनमा शुक्रबार गोली चलेको छ । शुक्रबार बिहान पानी परेकाले दिउँसोदेखि आन्दोलन सुरु भएको थियो ।

नेतृत्वबिहीन आन्दोलनकारी र प्रहरीबीच पूर्वपश्चिम महेन्द्रराज मार्गअन्तर्गत चम्मनचोक क्षेत्रमा झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर १७ वर्षीय युवकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका, १८ सालघारीका सन्नु खुनाको मृत्यु भएको हो । महाकाली अञ्चल अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएपछि आक्रोशीत भिडले स्टेचरमा शव राखेर प्रशासनतर्फ लगेका थिए । प्र्रहरीले प्रर्दशनकारीलाई भगाएर शव नियन्त्रमा लिएको थियो ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थीले मृतककी फुपू गीता चौधरीलाई प्रशासनमा लगेपछि शव पहिचान भएको थियो ।

महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार आन्दोलनमा २५ भन्दा बढी प्रर्दशनकारी घाइते भएका छन् । घाइते हुनेमा भीमदत्त नगरपालिका, ४ का २४ वर्षीय मनोज खडका, भीमदत्त नगरपालिका, १८ जानकी टोलका १३ वर्षीय युवराज भट्ट, १७ वर्षीय चेतराज भट्ट, भीमदत्त नगर, २ भाँसीका उमेश देउवा, शुक्लाफाँटा नगरपालिका, १० झलारीका १५ वर्षीय दामोदर खाती, २२ वर्षीय कविन्द्र सिंह, भीमदत्त नगर–१८ का २३ वर्षीय सगुन सुवेदी, बेदकोट नगर, १० लालपुरका ३१ वर्षीय ईश्वर जोशी, महाली नगरपालिका–९ दार्चुला दत्तुका १७ वर्षीय वीरेन्द्र नागरी रहेका छन् ।

यसैगरी, भीमदत्त नगरपालिका–२ भाँसीका ३२ वर्षीय किशोर जोशी, शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय चेतराज भट्ट, भीमदत्त नगर, १८ सालघारीका १८ वर्षीय मनोज विष्ट, खैरभट्टीकै ३५ वर्षीय रमेश साउद, भीमदत्त नगर–१८ निम्बुखेडाका ४२ वर्षीय धनश्या पन्त, निम्बुखेडाकै १५ वर्षीय पदमसिंह विष्ट, महाकाली नगरपालिका दोधाराका ४३ बर्षिय वीरबहादुर सिंह, भीमदत्त नगर–२ भाँसीका २० वर्षीय हिमान्सु भट्ट, भाँसीकै ४१ वर्षीय प्रेम ठाकुर, २८ वर्षीय जितेन्द्र श्रेष्ठ, भीमदत्त नगरपालिका–१८ रोरख रौले, भीमदत्त नगर १८ जानकी टोलका १९ वर्षीय मानसिंह रावत, भीमदत्त नगर १५ भगतपुरका ४६ वर्षीय सुरेश चटौत, भीमदत्त नगर महेन्द्रनगरका सागर विष्ट, दिल विष्ट, नैनसिंह लगायत घाइते भएका छन् ।

प्रहरी र प्रर्दशनकारीतर्फ समान्य घाइते भएका प्रर्दशनकारीको करिब पाँच दर्जन रहेका छन् । महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार सरेन्द्र चटौत, चेतन भट्ट, उमेश देउवा, दामोदर खाती, कविन्द्र सिंहको उप उपचारका लागि रेफर गरेको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रहरी र सशस्त्र प्रहरीतर्फ पनि घाइते भएको जनाएको छ । तर, घाइतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

मेयरको घरमा तोडफोड

प्रर्दशनकारीले भीमदत्त नगरपालिका र जिल्ला ट्राफिक कार्यालय र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेका थिए । यस्तै कञ्चनपुरको जिमुवा, बेल्डाँडी, बेलौरी, गुलरिया र लालपुरमा समेत स्थानीयले घटनाको विरोध गर्नुका साथै टायर बालेर बजार बन्द गराएका थिए । गुलरिया र लालपुरमा यातायात बन्दले पूर्वपश्चिम राजमार्गमा यातायात ठप्प भएको थियो ।

आफ्नै क्षेत्रकी मन्त्री भने विदेशमा

कञ्चनपुर घटनाले उग्ररूप लिइरहेको बेला ओली नेतृत्वको खानेपानी मन्त्री छिन् बीना मगर । उनी सोही जिल्लाकी प्रतिनिधिसभाकी सांसद हुन् । मन्त्री मगरले बिहीबार र शुक्रबार दुबईमा आयोजना भएको गैह्र आवसीय नेपाली संघ ९एनआरएनए० को छैठौं मध्यपूर्व सम्मेलनमा सहभागी हुन बुधबार नै त्यसतर्फ प्रस्थान गरिन् । मन्त्री मगरले गत १६ साउनमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ती दिलाउन माग गरेकी थिइन् ।

‘म सरकारको मन्त्री भन्दा पहिला कञ्चनपुरको निर्वाचित प्रतिनिधि हुँ, त्यसैले सरकारले कञ्चनपुरको घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ एनआरएनको कार्यक्रममा मन्त्री मगरले भनिन्,’निर्मलाको हत्याले हामी सबै स्तब्ध छौं, फेरी पनि आन्दोलनमा बल प्रयोग हुँदा थप मृत्यु हुँदा पीडा थपेको छ । सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

कर्फ्यू जारी

शुक्रबार पनि महेन्द्रनगरमा थप घटना भएपछि स्थानीय प्रशासनले अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकले शुक्रबार राति ८ बजेदेखि लागू हुुने गरी अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरेको हो । स्थिति नियन्त्रणमा लिनलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सुचनाअनुसार पूर्व भीमदत्त नगरपालिका १८ भाँसी चोक हुँदै कारागार, मदन भण्डारी स्मृति प्राविको नहरपछाडि, पश्चिम भीमदत्त नगरपालिका ६ ऐठपुर त्रिपुरा युवा क्लब बनगाउँ कार्यालयदेखि भीनपा ४ निङ्गलाशैनी माविको पछाडिको नहरसम्म, उत्तर भीमदत्त नगरपालिका २ भाँसीदेखि उत्तर भीनपा ६ खैरेनी हुँदै त्रिपुरा क्बलसम्म र दक्षिण भीमदत्त नगरपालिका १८ मदन स्मृती प्राविको दक्षिण नहर हुँदै सिपविकास तालिम केन्द्र निङ्गलाशैनी माविको पछाडीको नहरसम्मको एसियामा कफ्यु जारी गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीद्वारा हस्ताक्षरित गरिएको सुचना पत्रमा अर्को आदेश नभएसम्म कसैले बाहिर ननिस्कन, आवत जावत गर्न भेला नहुन आदेश जारी गरिएको छ । गोली चलाएको नचलाएको बारे कञ्चनपुर प्रहरीले पुष्टि गरेको छैन् ।

छानबिन समिति गठन

शुक्रबार पनि महेन्द्रनगरमा सयौँ आश्रुग्याँस र दर्जनौँ गोली प्रहार गरिएका छन् । गृह मन्त्रालयद्वारा घटनाको सत्यतथ्य छानबिन गर्नका लागि सह–सचिव हरि प्रशाद मैनालीको नेतृत्वमा गठन गरिएको उच्च स्तरीय छानबिन समितिले शुक्रबारदेखि कञ्चनपुरमा काम सुरु गरेको छ ।

समितिले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसँग छलफल गरेको छ । समितिका संयोजक सह–सचिव मैनालीले सरकारले दिएको कार्यादेशअनुसार घटनाको छानबिन गर्ने बताए । समितिले सबैलाई संयमित हुन आब्हान गरेको छ । निर्मला हत्याकाण्डदेखि कञ्चनपुरको जनजिवनसमेत प्रभावित भएको छ । बन्द र हडतालले जिल्लाको अवस्था नाजुक बन्दै गएको छ । नयाँपत्रिकाबाट