‘हार’ स्टुडियोमै रोए सर्जक

1357
views

काठमाडौ । हालैमात्र बजारमा आएको सुगम विद्याको गित ‘हार’ ले सम्पूर्ण सर्जकलाई भावुक बनाएको छ ।

ख्याती प्राप्त कलाकार अमिर सुवेदीको शव्द तथा प्रमोद खरेलको कर्णप्रिय स्वरमा सजिएको मर्मस्पर्शी आधुनिक गित ‘हार’ ले उक्त गितका सबै सर्जकलाई रेकर्डिङ स्टुडियोमा नै भावुक बनाएको हो ।

सुगम विधाको उक्त गित ‘हार’ मा स्वर दिईरहँदा रेकर्डिङ स्टुडियो मै भावुक बनेको प्रमोद खरेलले प्रतिक्रिया दिए ।

एकान्तमा बसेर शव्द लेखेको थिएँ, ‘हार’ लाई पूर्णता दिन जति घोत्लिएको थिएँ त्यो भन्दा नि बढी आफैले लेखेका शब्दले आँशु बगायो गितका सर्जक अमिर सुवेदीले बताए ।

उक्त गितको लय सिर्जना गरिरहँदा आफ्नै आँखाबाट आँशु बगेको लय संकलक केशव सापकोटाले बताए । ‘हारलाई अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको थियो ।