बालसैन्य मुद्दा उठाउने बिस्टलाई विदेश जान रोक, विमानस्थलबाटै फर्काइयो

812
views

काठमाडौ । सरकारले तत्कालिन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिस्टलाई विदेश जान रोक लगाएको छ ।

अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन शुक्रबार बिहान थाइल्याण्ड जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई ‘ब्ल्याक लिस्टमा परेको’ भन्दै त्यसतर्फ जान रोकिएको हो ।

उनीविरुद्ध अदालत वा प्रहरीमा कुनै मुद्दा नभए पनि सरकारले के कारणले विदेश जान रोक लगाएको हो भन्ने खुलेको छैन ।

तत्कालिन माओवादी सेनामा काम गरेका बिस्ट सेना समायोजनका क्रममा बाल सैनिक भएको भन्दै अयोग्य घोषित भएका थिए । उनले तत्कालिन माओवादी पार्टीले सत्तापक्षसँग लड्न बालबालिकालाई पनि ‘जनमुक्ति सेना’ मा भर्ना गरी बालश्रमको शोषण गरेको तथा शानित प्रक्रियामा आएपछि आफूजस्ता थुप्रैको बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बिस्टले सरकारसँग अनुमति नलिएकाले उनलाई थाइल्याण्ड जान रोक लगाइएको जनाएको छ । –नागरिक दैनिकबाट