कुश्मामा स्कुल सम्पर्क जनचेतना कार्यक्रम

1691
views

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले स्कुल सम्पर्क कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वत, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रम सामुदायिक अध्यक्ष शिव प्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक सुरज खत्री, निवर्तमान अध्यक्ष मान कुमारी गिरी, शहिद स्मारक अङग्रेजी आवासिय बिधालयका प्र.अ. केशवराज पुरी, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ट्राफिक जनचेतना र जिल्लाको सडक दुर्घटनाको बारेमा जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले प्रस्टयाएका थिए ।

कार्यक्रममा टोलटोलमा प्रहरी अभियान, अवैध मदिरा नियन्त्रणमा सामुदायिक प्रहरीको भुमिकाका विषयमा प्रहरी सहायक निरीक्षक पुर्णिमा थापाले स्पष्ट पारेकी थिईन् ।

कार्यक्रममा शिक्षक लेखनाथ शर्माले विधालय स्तरमा जनचेतना जागरण मुलक कार्यक्रमले नैतिक शिक्षाको बिकास र प्रहरीसँगको सहकार्यमा महत्व राख्ने बताए ।

यस्तै सो कार्यक्रममा निवर्तमान अध्यक्ष मानकुमारी गिरीले कार्यक्रमले व्यवहारप्रति सकारात्मक भाव जगाएर सभ्य बालबालिकाको पहिचान हुने बताईन् ।

कर्यक्रममा प्रहरी निरीक्षक सुरज खत्रीले लागुऔषध परिचय प्रभाव, असर, समस्या, असल नागरिकलाई बच्ने उपाय, लागु औषध नियन्त्रणमा प्रहरीको भूमिका, समाजको भुमिका तथा अभिभावकको भुमिका बिषयक बिभिन्न बिषयलाई समेटेर व्यसायिक प्रहरीको भुमिका समाज प्रतिको जिम्मेवारी सचेतनाका सम्बन्धमा प्रस्तुति गरेका थिए ।

उक्त कार्यक्रममा महिला हिंशा विरुद्ध, आत्महत्या न्युनिकरण, चट्याङ सम्वन्धी जनचेतना जगाइएको थियो ।