नेकपा सचिवालयको आकस्मिक बैठक, कञ्चनपुर घटनामा शंकाष्पदलाई अनुसन्धान गर्न सिफारिस

734
views

काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसेको । शनिवार बालुवाटारमा बसेको बैठकल कञ्चनपुर घटनाको विषयमा छलफल र शंकको घेरामा रहेकालाई अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न सिफारिस गरेको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बैठकले कञ्चनपुर घटनामा शंकाको दायरामा रहेका सबैलाई अनुसन्धान र दोषीमाथि कार्वाही गर्न सिफारिस गरेको जानकारी दिए ।

९ सदस्यीय नेकपा केन्द्रीय सचिवालयका ३ जना बर्तमान मन्त्री परिषदमा छन् । तीमध्ये अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने सदस्य ईश्वर पोखरेल उपप्रधान तथा रक्षामन्त्री र रामबहादुर थापा ९बादल० गृहमन्त्री छन् ।