बुन्डेस लिगा डेब्यूमा डिफेन्डिङ च्याम्पियन बायन म्युनिख विजयी

722
views

जर्मन बुन्डेस लिगाको नयाँ सिजनको डेब्यू खेलमा साविक विजेता बायन म्युनिख विजयी भएको छ । बायनले घरेलु मैदान अलायन्ज एरिनामा शुक्रबार राति टिएसजी होफेनहेमलाई ३–१ ले पराजित गरेको हो। जितसँगै ३ अंक जोड्दै बायन अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ ।

पराजित होफेनहेम अन्तिम १८ औं स्थानमा झरेको छ । बायनको जितका लागि स्ट्राकइकर थोमस मुलारले खेलको २३ औं मिनेटमा सुरुवाती गरे। खेलको ५७ औं मिनेटमा हाफेनहेमका आडम सालियाले बराबरी गोल फर्काएपनि हार टार्न सकेनन् ।

त्यसपछि सबै खेल प्रायजसो बायनले नियन्त्रण गरेको खेलमा गत सिजनका सर्वा्धिक गोलकर्ता लेवान डोस्कीले ८२ औं मिनेटमा पेनाल्टिमा बायनका लागि दोस्रो गोल गरे ।

खेलको अन्तिम ९० औं मिनेटमा अर्का स्ट्राइकर आर्जेन रोबेनले तेस्रो गोल गरेपछि बायनको जित सुनिश्चित भएको हो ।