अनिता बमका दिदीबहिनी पक्राउ

1074
views

महेन्द्रनगर, ९, भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीले निर्मला पन्तको साथी रोशनी बम र उनकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । उनिहरुलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरुलाई शनिबार बिहान नियन्त्रणमा लिइएको र घटनामा संलग्न भए नभएको बारेमा सोधपुछ चलिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए । सोधपुछपछि मात्रै हिरातमा राख्ने नराख्ने निर्णय हुने डिएसपी ओझाले बताए ।

अनिताले बलात्कारीलाई लुकाएको भन्दै स्थानीयले बिहीबार बेलुकी उनको घरमा तोडफोड समेत गरेका थिए । उनको घरबाट पढेर फर्कँदै गर्दा ११ गते निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या भएको थियो ।