‘निर्मलाका निम्ति न्याय’, माइतीघरमा प्रदर्शन

969
views

काठमाडौ, ९, भदौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्त न्यायका लागि काठमाडौको माइतीघरमा प्रदर्शन सुरु भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नारासहित प्रदृशन शुरु भएको हो ।

प्रर्दशनमा वास्तविक दोषी पक्राउ गरी कार्वाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रदर्शनकारीहरुले माग गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दबाब स्वरुप #JusticeForNirmala अभियान चलाएका छन् । शुक्रबार ट्विटरमा यो ह्यासट्याग ट्रेन्डिङको एक नम्बरमा पुगेको थियो ।

भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो ।