हेटौँडाका चर्चित उम्मेदवार जस्ले मनोनयन दर्ता गरे !

702
views

हेटौँडा,१९, वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा हेटौँडा उपमहानगरपालिकामा विभिन्न राजनीतिक दलले प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको मनोनयनपत्र आज दर्ता गरेका छन् ।
सो अनुसार नेपाली काँग्रेसबाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा आनन्दप्रसाद पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, थाहा नगरपालिका प्रमुखमा पवित्रा महत विष्ट र उपप्रमुखमा खड्गबहादुर गोपालीले दर्ता गराउनुभएको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ ।
नेकपा (एमाले) बाट प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा तथा थाहा नगरपालिका प्रमुखमा विष्णु ढकाल र उपप्रमुखमा कल्पना बलामीको मनोनयन दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र) बाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा बलराम बल र उपप्रमुखमा कल्पना पौडेल, थाहा नगरपालिका प्रमुखमा लवशेर विष्ट र उपप्रमुखमा शकुन्तला गोपाली, राप्रपाबाट सोही उपमहानगर प्रमुखमा मधुकर अधिकारी र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा थाहा नगरपालिका प्रमुखमा हरेराम कार्की र उपप्रमुखमा राममाया लामाले मनोनयन दर्ता गरेको छ ।
अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारको मनोनयनपत्र दर्ताको विवरण आउन बाँकी छ