जलजलामा जनतासँग अन्तरक्रिया

994
views

महेन्द्र जिसी
पर्वत, ९ भदौ । आर्थिक वर्ष ०७४/०७५ मा सम्पन्न आयोजनाको समीक्षा र आगामी योजनामा सुधार ल्याउने उद्वेश्यका साथ जलजला गाउँपालिकाले वडा तहमा पुगेर सर्वसाधरणको राय लिने अभियान थालेको छ ।

जनता र जनप्रतिनिधिबीचको दोहोर सहकार्यमा विकाय गराउन गाउँपालिकाले अभियान थालेको छ । जलजला गाउँपालिकाले वडा–५ लेकफाँट र वडा न–६ शालिजामा पुगेर दुईदिने सार्वजनिक सुनुवाई तथा अन्र्तक्रिया गरेको छ ।

गाउँ तहमा पुगेका योजना पारदर्शी बनाउँदै विकासमा सर्वसाधरणको सहभागिता बढाउन गाउँपालिकाले जनप्रतिनिधि र जनताविच अन्र्तक्रिया गरेको हो । सर्वसाधरणले स्थानीय तह कार्यान्वय भएपछि धेरैजसो सेवा गाउँ तहबाटै पाएको धारण व्यक्त गरेका छन् ।

प्रायजसो सरकारी बजेट नपुग्ने विकट गाउँमा विकासको अनुभुती हुन थालेको भन्दै कायक्रमका सहभागिहरुले सिंहदरबारको अनुभूति भएको बताए ।

कार्यक्रममा सहभागी पातलार्खककी राजकुमारी खोर्जाले महिलाहरुको आत्मनिर्भरता, संरक्षण र सचेतनाका सवालमा गाउँपालिकाले आय आर्जनका कार्यक्रमहरु बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी सालिजाका गौरेश्वर पौडेलले स्थानीय तहको कार्यन्वयनको पहिलो वर्ष सन्तोषजनक रहेकोले बजेटमा सुद्धिढीकरण र शिर्षकान्तर नगरी आयोजना सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

सरसफाइमा अगाडी बढेको वडामा खानेपानीको समस्या टरेको तथा सामुदायीक विद्यालय सुधार्न युवाहरुलाई गाउँमै राख्ने कार्यक्रम बनाउनुपर्नेमा स्थानीयको जोड थियो ।

सालिजाका वडा अध्यक्ष हम बहादुर फकामी पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय डण्डपानी शर्मा, यज्ञ प्रसाद सुवेदी, हरी प्रसाद रेग्मीले प्रतिपक्षसँग सहकार्य गरेर दिगो विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै जलजला–५ माँझफाँटका वडा अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखाका प्रमुख झक प्रसाद गौतम, पशु सेवा विकास शाखाका प्रमुख विमल शर्मा तथा खानेपानी सरसफाई शाखाका संयोजक देवराज पुरीले विषयगत धारणाको सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले टुक्रे आयोजनाले विकास नदेखाएको बताउँदै वडा तहको मुख्य समस्या पहिचान गराएर योजना माग गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ ।