किशोरी हत्या प्रकरणः साँझ ६ बजेसम्म कर्फ्यू हटाइयो

672
views

कञ्चनपुर, ११ भदौ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानको माग गर्दै चर्केको आन्दोलन पश्चात् स्थानीय प्रशासनले महेन्द्रनगर बजार क्षेत्रमा लगाउदै आएको कर्फ्यू सोमबार साँझ ६ बजेसम्मका लागि हटाइएको छ ।

यसअघिको दिउँसो १२ बजेदेखि लागु हुँदै आएको कफ्र्यू साँझ ६ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले जानकारी दिए ।

गत शुक्रबार प्रहरीले चलाएको गोली लागेर १ बालकको मृत्यु पश्चात स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो । आइतबारदेखि कर्फ्यू केही खुकुलो पार्दै लगेको हो ।

सोमबार बिहान ५ बजेदेखि नै कर्फ्यू हटेपछि महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ । झण्डै एक सातापछि बजार खुलेको छ । यातायात पनि सुचारु भएको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीको चाप बढेको देखिन्छ ।