नेवारी समूदायको सांस्कृतिक पर्व ′गाईजात्रा′

2201
views

काठमाडौँ । नेवारी समूदायको सांस्कृतिक पर्व गाईजात्रा काठमाडौमा मनाईयो । एकवर्ष भित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनुका साथै उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दही र द्रव्य दान दिने काम पनि ′गाईजात्रा′को अवसरमा गरिएको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नु पर्छ भन्ने देखाउन जनतालाई आ–आफ्ना दिवंगत आफ्न्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनि आज्ञा दिएकोमा यतिले पनि रानीको चित्त नबुझेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यग्यात्मक कार्यक्रम गराउने प्रचलन पनि सुरु गरिएको हो ।