अन्तरपार्टी महिला सञ्जालकीअध्यक्ष शर्मामाथि हतपात

5067
views

पर्वत । अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष एवं नेकपा प्रदेश नं ४ का प्रदेश कमिटी सदस्य मनरुपा शर्मा सुवेदीमाथि आक्रमणको प्रयास गरिएको छ ।

कुश्मानगरापालिका–१ पाङकी घरेलु हिंसामा परेकी पीडित महिला मेनका अर्यालको विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय पुग्नुभएकी मनरुपा शर्मा सुवेदीमाथि कार्यालय परिसारमै आक्रमण भएको छ ।

मेनका अर्यालका पति गणेश अर्यालले दुइवटी श्रीमती विवाह गरेको र पटक पटक घरेलु हिंसाको गतिविधि गरेको भन्दै अन्तरपार्टी महिला सञ्जाल पर्वतलाई दिएको निवेदनको विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय पुग्नुभएकी शर्मालाई पीडित मेनकाका पति गणेश अर्यालले सार्वजनिक स्थलमा नै हातपात गरेका हुन् ।

दुईवटी श्रीमती विवाह गरेका गणेश अर्यालको विरुद्धमा अर्यालकी जेठी श्रीमती समेत रहनुभएकी मेनका अर्यालले जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो ।

अर्यालले जेठी श्रीमती मेनका अर्याललाई घरमा कुटपीट गर्ने, मानसिक पीडा दिने जस्ता क्रियाक्लाप गरेपछि अन्तरपार्टी महिला सञ्जालले उक्त घटनालाई गभ्रिताका साथ लिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

पहिलो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार समेत उठ्नुभएकी शर्माले मेनका अर्यालमाथि भएको घटना महिंला हिंसाका रुपमा मात्र नभई निन्नदनीय र कानुनी रुपमा चुनौति भएको समेत एक प्रेस वक्तव्य जारी जानकारी गराउनुभएको छ ।

शर्मामाथि गरेको हातपातका क्रममा उहाँको मोवाईल समेत फुटेको विज्ञप्तीमा जनाइएको छ । गणेश अर्यालले कान्छी श्रीमती चन्द्रा अधिकारी (अमृता) समेतलाई निर्घात कुटपिट गरी घाईते बनाएको र उनको उपचार जिल्ला अस्पताल पर्वतमा गरिएको विज्ञप्तीमा जनाइएको छ ।

साथै उक्त विज्ञप्तीमा गणेश अर्यालको उक्त घटनाले महिलाहरु असुरक्षित छन् भन्ने अवस्था सिर्जना भएको भन्दै घोर भत्र्सना र कडा कार्वाहीको माग गरिएको छ ।

विज्ञप्ती