बम दिदीबहिनीमाथि अनुसन्धानका लागि म्याद थप

567
views

कञ्चनपुर, ११ भदौ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डको घटनामा पक्राउ परेका बम दिदीबहिनीलाई अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ । गत शनिबार पक्राउ परेका अनिता र रोशनीमाथि थप अनुसन्धान गर्न कञ्चनपुर अदालतले म्याद थप गरेको हो ।

निर्मला हत्याकाण्डमा पक्राउ परेर म्याद थप भएका दिलिप सिंह बिष्ट र बम दिदीबहिनीलाई सँगै अदालतमा बयान लिन म्याद थपिएको बताएको छ । दिलिप विष्टलाई प्रहरीले भदौ ४ सार्वजनिक गरेको थियो ।